प्रांगारीक मल आपूर्ति सम्बन्धि निवेदन बारे सूचना साना अनुदान सहयोगका लागि प्रस्तावना उप आयोजना अवधारणा पत्र आबेदन फाराम साना अनुदानका लागि प्रस्तावना आव्हान सम्बन्धी सुचना । साना सिँचाइ तथा सहकारी सिँचाइ निर्माणका लागि आबेदन पेश गर्ने बारे सुचना । सामुदायिक वीउ प्रशोधन तथा भण्डारण केन्द्र स्थापना सहयोग बारे ।

संस्थागत परिचय

परिचय
 नेपाल एक भू– परिवेष्ठित कृषि अर्थतन्त्र भएको देश हो । आर्थीक दृष्टिकोणले सक्रिय जनसंख्याको ६५ प्रतिशत कृषि क्षेत्र मा आश्रित छन् । औद्योगिकरणका लागि कच्चा पदार्थ निकासी योग्य बस्तुहरूको उत्पादन यसै क्षेत्रबाट हुने गरेकाले कृषि ब्यबसाय नेपाली जनजीविकाको माध्यम मात्र नभै समग्र आर्थिक विकासको आधारशिला पनि हो । यसरी अर्थतन्त्रको मेरुदण्डको अग्रणी भूमिका खेल्दै आएको कृषि क्षेत्रको विकास नभएसम्म बहुसंख्यक जनताको जीवनस्तरमा सुधार ल्याउन नसकिने तथ्य निर्विवाद छ ।
यसै वास्तविकतालाई ह्दयांगम गरी कृषि विकास र वातावरण संरक्षणबीच सन्तुुुलन कायम राख्दै उपलव्ध कृषि भूपर्यावरणीय क्षेत्र तथा हावापानी सुहाउंदो र तुलनात्मक रूपमा लाभप्रद कृषि व्यवसायको विविधीकरण तथा सघनरूपमा व्यवसायीकरण गरी स्व–निर्वाहमुखी परम्परागत खेती प्रणालीलाई आय तथा रोजगारमूलक, आधुनिक, बजारमुखी खेती प्रणालीमा रूपान्तरण गर्ने सरकारको घोषित कृषि नीति रहेको छ
नेपाल सरकारको कृषिनीतिलाई कार्यान्वयन स्तरमा उतार्ने र कृषिका विविध पक्षहरू खाद्यान्न तथा नगदे बाली, दलहन तथा तेलहनबाली, बागवानी जन्य बालीहरूको प्रचार—प्रसार, प्राविधिक सेवा,टेवा पु¥याउने प्रमुख निकायका रूपमा अन्य जिल्लाहरू जस्तै सुर्खेत जिल्लामा पनि जिल्लामा कृषि विकास कार्यालय सुर्खेतको स्थापना तेश्रो प“चबर्षिय योजनाकालमा वि.सं.२०२५ सालमा भएको हो । हाल यो कार्यालय सुर्खेत जिल्लाको वीरेन्द्र्रनगर नगरपालिका वडा नं. ७ ईत्राममा, समुन्द्र सतहबाट ७२० मीटर उचाईमा आफ्नै सरकारी भवनमा छ । कृषि प्रसार, बागबानी विकास, बाली संरक्षण र योजना, मूल्याङ्कन, तालिम तथा बजार विकास शाखाहरूका साथै ६ वटा कृषि सेवाकेन्द्र इकाईहरूद्वारा कृषि विकास कार्यालय सुर्खेतले नेपाल सरकारको कृषिनीति अनुरूप विभिन्न कार्यक्रमहरू संचालन गर्दै आएको छ ।

 


उद्वेश्य ः  
१. दीर्घकालीन उद्वेश्य ः
कृषि बिकास र बाताबरण संरक्षण बिच सन्तुलन कायम राख्दै खाद्यान्न, दलहन,तेलहन, फलफूल, ताजा तरकारी,तरकारी बिउ उत्पादन र अन्य नगदे तथा मसला बालीहरूको खेतीका साथै रेशम खेती, मौरीपालन र मत्स्यपालन जस्ता आय तथा रोजगारमूलक ब्यबसायहरूका उन्नत प्रबिधि अपनाउन अभिप्रेरित गरी कृषिजन्य बस्तुहरूको उत्पादन तथा उत्पादकत्व बृद्वि गर्नु र सुर्खेत जिल्ला लाई यिनी बस्तुहरूमा आत्मनिर्भर गराउनुको साथै आयत प्रतिस्थापन र जिल्ला बाहिर निर्यात प्रवद्र्वन गरी बहुसंख्यकक ग्रामिण जनताको पोषणस्तर तथा जिवनस्तर उकास्नु र राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउनुनै जिल्ला कृषि बिकास कार्यालय सुर्खेतको दीर्घकालीन मुख्य उद्वेश्य हो ।
२. तत्कालीन उद्वेश्यहरू र कार्यक्षेत्र ः
क) बिभिन्न कृषजन्य बाली बिशेषका लागि सम्भाब्य पकेट क्षेत्रहरूको पहिचान गरी स्थानीय सम्भाब्यता, कृषकको चाहना तथा आबस्यकता र उपलब्ध श्रोत साधनको आधारमा नेपाल सरकारको कृषि नितीलाई समेत मध्यनजर राखी कृषकहरको संगठित र सकृय सहभागितामा जिल्लाको कृषि कार्यक्रम तर्जुमा गर्नुको साथै प्रभावकारी रूपमा कार्यान्वयन तथा अनुगमन गर्नु ।
ख) कृषि प्रसारका बिबभिन्न शैक्षिक पद्वतिहरू, प्रदर्शन, मिनिकीट, कृषक भ्रमण, कृृषक दिवश, कृषि मेला प्रदर्शनी आदिको माध्यम बाट कृषकहरूलाई उन्नत तरिकाले खाद्यान्न, दलहन, फलफूल, मौसमी तथा बेमौसमी ताजा तरकारी तथा बीउ उत्पादन, रेशम,मह,मत्स्य र नगदे तथा मसला बालीहरूको खेती गर्न अभिप्रेरित गरी आबस्यक प्राबिधिक सेवा टेवा पुर्याउने ।
ग) बिकसित प्रबिधिहरूको प्रयोग गरी कृषिजन्य उत्पादन तथा उत्पादकत्व र गुणात्मक सुधार ल्याउन योजनाबद्व तरिकाले कृषकहरूलाई उत्पादन थलोमै सैधान्तिक तथा ब्याबहारिक तालीम दिनुका साथै अगुवा कृषकहरूलाइ क्षेत्रीय÷केन्द्रीयस्तरका तालिम भ्रमण आदिमा सहभागि हुने ब्यबस्था मिलाउने ।
घ) कृषकहरूलाई आबस्यक नर्सरी र श्रोत बिकास केन्द्र स्थापना तथा बीउ बृद्वि कार्यक्रम संचालन गर्न प्रेरित गर्न र त्यसको श्रोत बिकास, बोटबीरुवा,माछाका भुरा, मौरी घार आदि उपलब्ध गराउने ।

ङ) कृषकहरूलाइ ब्यबसायिक फलफूलखेती गर्न आकर्सित गर्न सम्भाब्य पकेट क्षेत्रहरूमा ब्यबसायिक बगैचा तथा नमुना बगैचा स्थापना गर्न नर्मस् अनुसारको आर्थीक अनुदान तथा प्राबिधिक सहयोगबाट प्रोत्साहित गर्नुका साथै फलफूल खेती बिस्तरकालागि आबस्यक गुणस्तरयुक्त फलफूलका बोटबीरुवा आपुर्ति ब्यबस्था मिलाउने ।
च) कृषि ब्याबसायलाई प्रतिस्प्रधात्मकरूपमा बिकास गर्न बिभिन्न खाद्यान्न बाली, फलफूल, तरकारी आदि बालीहरूमा प्रतियोगिता संचालन गरी स्थलगत मूल्यांकन बाट उत्कृष्ट कृषकहरूलाइ पुरस्कारद्वारा प्रोत्साहित   गर्ने ।
छ) बाली बीरुवा लगाए देखी खाद्यबस्तु उपयोग नभए सम्म खेतबारीमा र भण्डारमा समेत रोग, कीरा, झारपात, चरा मुसा आदिबाट हुने क्षति कम गर्न आबस्यक प्राबिधिक सेवा सहित स्प्रेयर, डष्टर, मेटल (सिडविन), को लागी आर्थीक अनुदान सहयोग उपलब्ध गराउने  र निजीस्तरमै उक्त औजार र उपकरणहरू तयार गर्न सम्बन्धित उद्यमी÷कालीगढहरूलाई प्रेरित गर्ने ।
ज) बजार बिकास सम्भाब्यता अध्ययन, मूल्य संकलन आदि कार्यक्रमको माध्यमबाट उत्पादन तथा उपभोक्ताहरूलाई मूल्य तथाबजार सूचनाहरू नियमित रूपमा उपलब्ध गराउनुका साथै
 कृषिजन्य बस्तुहरूलाई बिक्रीबितरणका लागि समुहगत रूपमा बजार ब्यबस्था मिलाउने ।
झ) कृषि बिकास कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि जिल्ला भित्रका बिभिन्न निकायहरूसंग समन्वय कायम राखी आबस्यक पर्ने बीउबिजन, बिषादी, रासायनिक मल आदि उत्पादन सामाग्री साथै सिंचाई, कृषि ऋण आदिकोसमयमै सर्भसुलब तरिकाबाट आपुर्तिको ब्यबस्था मिलाउने ।
कार्यनीति ः    
नेपाल सरकारको घोषित नीतिलाई मध्यनजर राखी माथि उल्लेखित उद्वेश्यहरू प्राप्तिकालागि जिल्ला कृषि बिकास कार्यालयद्वारा संचालन गरिने सम्पूर्ण कृषि बिकास कार्यक्रमहरू भौगोलिक स्थिति र हावापानीका दृष्टिकोणले उपयुक्त र तुलनात्मक लाभलाई समेत ख्याल गरी सम्भाब्य पकेट क्षेत्रहरूमा कृषक समुह मार्फत संचालन गर्ने कार्यनीति अपनाईएको छ । जिल्ला कृषि संग सम्बन्धित अन्य निकायहरू (लाईन एजेन्सि ) संग समन्वय राखी निर्धारित पकेट क्षेत्रहरूमा आबस्यक पर्ने उन्नत बीउ, रासायनिक मल, बिषादी आदि उत्पादन सामाग्रीहरू र सिंचाई कृषि ऋण जस्ता सेवा सुबिधाहरूका आपुर्ति गर्ने र सम्बन्धित कृषि सेवा केन्द्रहरूबाट नियमितरूपमा आबस्यक प्रबिधिक सेवा टेवाउपलब्ध गराउने गरिएको छ ।  
जिल्लाको भावी सोच तथा उदेश्य
सोचः
     सुर्खेत जिल्लाको भौगालिक परिवेश, भू–पर्यावरण, प्राकृतिक श्रोत एवं सम्पदा, उपलब्ध प्रबिधि, आन्तिरीक तथा अन्तर्रााष्ट्रय बजारले उपलब्ध गराएको अवसर र कृषकहरुको चाहान एवं अनुभवलाई आधार मानी यस जिल्लामा वेमौसमी तरकारी, आलु, अदुवा र आंपमा ब्यबसायीकरण गरी निर्यात प्रवद्र्धनमा बिस्तार गरिनेछ । साथै जिल्लाको सिंचित क्षेत्रहरुमा खाद्यन्नबालीको क्षेत्रफल, उत्पादन तथा उत्पादनकत्व बृद्धि गरी खाद्य पोषण सुरक्षमा सहयोग पुर्याइउने छ ।
उदेश्यः
१) जिल्लाको असिंचित क्षेत्रमा सुक्ष्म सिंचाई एवं बर्षाको पानी संकलन गरी कृषकहरुको आर्थिक क्षमता       तथा स्थितीको आधारमा उत्पादन लागत कम गर्न सहुलियत प्रदान गर्ने ।
२) भूमी पानी तथा श्रम जस्ता महत्पूर्ण उत्पादनशील श्रोतको दिगो उपयोगमा सुनिश्चतता गर्ने ।
३) बढ्दो सूचना प्रबिधिबाट कृषकहरुलाई लाभान्वित गराउदै कृषक तथा उच्च स्तरका प्राबिधिज्ञहरु वीचको सम्पर्कलाई सिधा र प्रभावकारी तुल्याउने तथा कृषकहरु बाजिरीकरण क्षमता अबिृद्धि गर्ने ।
४) बिशेषताको आधारमा तुलनात्मक लाभ भएका बेमौसमी तरकारी, आलु, अदुवा, र आंपजस्ता  बालीहरुको बिशिष्टताबाट लाभ लिन प्रतिस्प्रधि कृषि मुल्य अभिबृद्धि श्रृङखलाको स्थापना तथा सुदृढिकरण गर्ने ।
५) कृषि प्रसार सेवालाई कृषकको माग मुखी, समावेसी, जवाफदेही तथा परिणाममुखी तुल्याउने ।
६) दिर्घकालिन रुपमा कृषि जैविक बिबिधितताको संरक्षण एवं सम्वद्र्धन गरी प्रयावरणीय प्रणालीको सन्तुलन गर्ने ।
७) ग्रामिण कृषि रोजगार कार्यक्रमलाई प्राथमिक्ताका साथ संचालन गरी ग्रामिण क्षेत्रका मधेशी, आदिबासी, जनजाती, अपांग, तथा मुस्लिम लगायतका यूवायूवतीहरुलाई बिभिन्न तालिमका कार्यक्रमहरु सञ्चालन गरी स्वरोजगार तर्फ उन्मुख गराउने ।  
८) कृषि क्षेत्रसंग कार्यरत बिभिन्न किसिमका सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसंगको सहकार्यतमा बृद्धि गर्ने ।