प्रांगारीक मल आपूर्ति सम्बन्धि निवेदन बारे सूचना साना अनुदान सहयोगका लागि प्रस्तावना उप आयोजना अवधारणा पत्र आबेदन फाराम साना अनुदानका लागि प्रस्तावना आव्हान सम्बन्धी सुचना । साना सिँचाइ तथा सहकारी सिँचाइ निर्माणका लागि आबेदन पेश गर्ने बारे सुचना । सामुदायिक वीउ प्रशोधन तथा भण्डारण केन्द्र स्थापना सहयोग बारे ।

कालिका प्रसाद कोईराला
बरिष्ठ कृर्षि विकास अधिकृत

जिल्ला कृषि बिकास कार्यालय, सुर्खेतको वेभ साईटमा सबैलाई हार्दिक स्वागत गर्न चाहान्छु ।

कृषि मुलश्च जीवनम्ः अर्थात कृषि नै जीवनको मुल आधार हो भन्ने कुरा परापूर्वकाल देखि नै चलिआएको हो, र अहिले पनि त्यतिकै सान्दर्भिक रहेको रहेको कुरा जाहेर गर्न चाहन्छु।

सुर्खेत जिल्लाको झण्डै ८० प्रतिशत घरपरिवारहरुको मुख्य कृषि पेशा कृषि प्रधान जिल्ला रहेको उत्त कृषि क्षेत्रको बिकास बिना जिल्लाको समग्र विकासको परिकल्पना गर्न सकिदैन । यसै बिषयलाइ हृदयगम गरी निर्बाहमुखि कृषि प्रणालीलाइ ब्यबासायिकरण गरी नाफामुलक एंव प्रतिस्प्रर्धि र मर्या्दित बनाइ बहुसंख्यक कृषकहरुको लागि रोजगारीको अवसर सृजना गरी उनिहरुको आयस्तरमा बृद्धि गर्ने उदेश्य लिएर जिल्ला कृषि बिकास कार्यालय सुर्खेतले दीर्घकालीन कृषि योजना¸पकेट प्याकेज रणनिती¸ राष्टिय कृषि निती २०६१ ले पारित गरेका नितीहरु र कृषि बिभागको मार्गदर्शन तथा जिल्लाका कृषक समुह¸सहकारीहरुको आवश्यकता र चाहाना अनुरुप कार्यक्रमहरु तय गरी निक्षेपित कार्यक्रमकोरुपमा कृषि प्रसार कार्यक्रम र केन्द्रिय स्तरका बिभिन्न कार्यक्रमहरु सफलतापूर्वक संचाल गर्दै आएको सर्ब्बिदितै छ। त्यस्ता किसिमका कार्यक्रमहरुको सफल संचालनबाट निर्बाहमुखि कृषि प्रणालीलाइ ब्याबसायिक एंब प्रतिस्प्रधि प्रणाली तर्फ अग्रसर बनाइ  दीगो कृषि विकासको माध्यमबाट कृषकको जीवनस्तरमा सुधार हुने निशिचित प्राय छ। त्यसकारण सुर्खेत जिल्लाको भौगोलिक परिबेश ¸भू(पर्यावरण¸ प्राकृतिक श्रोत एवं सम्पदा¸ उपलब्ध प्रबिधि ¸आन्तरिक तथा अन्तराष्टिय बजारले उपलब्ध गराएको अवसर र कृषकहरुको चाहान एंव अनुभवलाइ आधार मानि यस जिल्लामा ताजा तरकारी¸ बीउ र मह उत्पादन र ब्याबसायिकरण गरी निर्यात प्रवद्धनमा बिस्तार गरिनेछ । साथै जिल्लाको सिंचित क्षेत्रहरुमा खाद्यन्न बाली¸आलु बाली¸अदुवा खेती र ब्याबसायिक आँप खेती गरी उत्पादन तथा उत्पादकत्व बृद्धि गरी खाद्य तथा पोषण सुरक्षामा सहयोग पुर्याउने किसिमका कार्यक्रमहरु संचालन र प्रबर्द्धन गरिने छ ।
बर्तमान परिपेक्षमा युवाहरुलाइ कृषि पेशामा आकृर्षित गर्न युवा लक्ष्ति कार्यक्रमहररु ¸ कृषि यान्त्रिकरण र आधुनिक प्रबिधिको प्रयोगलाइ बढावा दिदै स्थानिय स्रोत र साधनहररुको उचित प्रयोगबाट कृषिको बैज्ञानिक र दीगो विकास गर्दै सुर्खेत जिल्लामा कृषिको विकास गर्ने बृहत्तर लक्ष्य लिएको हुँदा सम्पूर्ण कृषक, राजनैतिक दल, बिषयगत कार्यलयहरु ¸ गैरसरकारी संस्था र अन्य सरोकारवालाहरुबाट सहयोगको अपेक्षा लिइएको छ ।

धन्यवाद